Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 प्रतिनिधि सभा निर्वाचनः समानुपातिक तर्फ १ करोड ३ लाख मत गणना, कुन दलको मत कति ?

Kamal Tamang March 10, 2026 1 minute read
1
Share On:

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मङ्गलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको हो ।

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ५८ हजार ७८१ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो। 

त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७६ हजार ३१० मत प्राप्त गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९१ हजार ६९८ मतका साथ तेस्रो स्थानमा रहेको छ। 

नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५४ हजार ४७३ मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४८ हजार १७८ मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार ९९ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन्। 

अन्य दलहरूको अवस्था कस्तो छ ?

समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३१ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५,१००) मत रहेका छन्। 

त्यस्तै, जनमत पार्टीले ७५,७३५ मत, एकल चिन्ह चकिया )जाँतो) लिएर लडेको गठबन्धनले ६०,५५१ मत, नेपाल मजदुर किसान पार्टीले ४१,८९४ मत र राष्ट्र निर्माण दल नेपालले ३७,८६२ मत प्राप्त गरेका छन्। 

प्रणालीमा प्रविष्ट विवरण अनुसार राष्ट्रिय जनमोर्चाले २९,२२६, नेपाल जनता संरक्षण पार्टीले २६,९९४, प्रगतिशील लोकतान्त्रिक पार्टीले २३,४७९ र नेपाल कम्युनिस्ट पार्टी माओवादीले २३,२६४ मत पाएका छन् । 

Post navigation

Previous: निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु
Next: फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.