Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मध्यपूर्वमा जारी युद्धः अमेरिकाले मूल्य बढ्न नदिन भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने

Kamal Tamang March 12, 2026 1 minute read
1
Share On:

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकालेर बजारमा पठाउने भएको छ। अमेरिकाले आफ्नो तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकालेर बजारमा पठाउन लागेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

अमेरिकी ऊर्जा मन्त्रालयले अर्को सातादेखि यो प्रक्रिया सुरू हुने जनाएको छ। भण्डारण गरिएको तेल दैनिक केही परिमाणमा बजारमा पठाइने छ। यो प्रक्रिया कम्तिमा चार महिनासम्म चल्ने पनि ऊर्जा मन्त्रालयले जनाएको छ।

तेलको अभाव र मूल्य वृद्धिलाई सन्तुलनमा राखि बजारलाई स्थिर बनाउन अमेरिकाले पेट्रोलियम भण्डारणबाट बजारमा तेल पठाउन लागेको हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का ३२ राष्ट्रहरूले पनि आफ्नो भण्डारणबाट बजारमा तेल पठाउन सहमति गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने क्रम भने रोकिएको छैन। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार साँझ करिब प्रतिब्यारोल १०० डलर नजिक पुगेको थियो।  हप्ताको सुरूवातमा ब्रेन्ट कच्चा तेलको मूल्य ९० डलरभन्दा कम थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भण्डारण गरिएको तेल बजारमा पठाएर आपूर्ति बढाउने र मूल्यवृद्धि नियन्त्रणमा लिइने बताएका छन्।     

Post navigation

Previous: १६ वर्षीया इनिशा विकको बलात्कार पछि हत्या भएको प्रहरीको निश्कर्ष
Next: बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौकाः टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.