Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर मात्र किन्न पाइने, कति पर्छ मूल्य ?

Kamal Tamang March 13, 2026 1 minute read
1
Share On:


काठमाडौं । अब सरकारले खाना पकाउने ग्यास सिलिण्डर आधा तौलको मात्रै बजारमा उपलब्ध गराउने भएको छ ।  नेपाल आयल निगमले आजदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको हो ।

 भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि सरकारले आधा तौल अर्थात् ७.१ केजी सिलिण्डर उपलब्ध गराउने भएको हो । 

बिहिबार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त निर्णय समितिले बिहीबार नै सबै सदस्यहरूलाई जानकारी गराएको समितिका एक सदस्यले जानकारी दिए । 

आधिकारिक रूपमा नियमले यो निर्णय सार्वजनिक गरिसकेको छैन । भारतबाट माग अनुसार नै खाना पकाउने ग्यास आयात भइरहेको छ । तर पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले यस्तो निर्णय गर्नुपरेको हो । अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ भने आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।

निगमका अनुसार फागुन २६ सम्ममा भारतबाट साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । गत फेब्रुअरी (माघ १ देखि फागुन २८ सम्म) महिनामा नेपालमा ५० हजार ३ सय मेट्रिक टन खपत भएको आधारमा यो मार्च महिना (फागुन १ देखि चैत १७ सम्म) लाई ५२ हजार मेट्रिक टनको कोटा तोकेर उक्त परिमाणमा ग्यास उपलब्ध गराइदिन इण्डियन आयल कर्पोरेशनलाई जानकारी गराइएको निगमले जनाएको छ ।

आधी तौलको सिलिण्डरको बाजारीकरण यो पहिलो पटक भने होइन, यसअघि नाकाबन्दीको समयमा पनि सरकारले आधी तौलको सिलिण्डरको बाजारीकरण गराएको थियो ।

Post navigation

Previous: विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी
Next: आजदेखि बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.