Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

चैत ९ गतेदेखि आईपीओ जारी गर्दै सोपान फर्मास्यूटिकल्स लिमिटेड

Kamal Tamang March 13, 2026
1
Share On:


काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि चैत ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा आगामी चैत ९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्ने भएको हो। कम्पनीले आईपीओ निष्कासन गर्न स्वीकृति पाएको कुल ४२ लाख ९० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ।

त्यस्तै, ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र ४ प्रतिशत सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन चैत १२ गते बन्द हुनेछ। मागअनुसार आवेदन नपरेमा चैत २३ गतेसम्म लम्बिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयरएनपी बी’ रेटिङ दिएको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८।११ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता हुने अवधि ११।३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३।६३ प्रतिशत रहेको छ।

Post navigation

Previous: स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो
Next:  इनिशा बिकको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.