Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Kamal Tamang March 13, 2026
1
Share On:


काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ०६ः१० बजेको समयमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको टेलर गाडी र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि टेलर चालक स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पठाइएको थियो। टाउको तथा दुवै खुट्टामा गम्भीर चोट लागेका चालकलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृत्यु हुने व्यक्ति सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका करिब ३८ वर्षीय गोबिन्द चौधरी रहेको खुलेको छ। यस्तै, ट्रक चालक चितवनको खैरेनी नगरपालिका–९ बस्ने करिब ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेका छन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय नेवारपानीमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिआइजी पुष्कर बोगटीका अनुसार अविरल वर्षापछि लागेको बाक्लो कुहिरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Post navigation

Previous: चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता थापाको निधन
Next: राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.