Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कारोबारसँगै घट्यो सेयर बजार

Kamal Tamang March 16, 2026
nep
Share On:

काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ ।

४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो । बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशत घट्यो । ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् ।

Post navigation

Previous: हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पले दिए धम्की
Next:  चैत १० गतेदेखि आईपीओ निष्काशन गर्दै कालंगा हाइड्रो लिमिटेड  

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.