Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हर्मुज खुलाउन सीले सहयोग नगरे चीन भ्रमण ढिला गर्ने ट्रम्पले दिए धम्की

Kamal Tamang March 16, 2026 1 minute read
1
Share On:

काठमाडौं । चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुलाउन सहयोग नगरे अमेरिकी राष्ट्रपति चीन भ्रमण ढिला गर्ने डोनाल्ड ट्रम्पले धम्की दिएका छन्। अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि हमला गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।

यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ।त्यो बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। फलस्वरूप विश्व अर्थतन्त्रमा नै नराम्रो प्रभाव परेको छ।सो जलमार्ग खुलाउन अहिले ट्रम्पले प्रयत्न गरिरहेका छन्। विश्व अर्थतन्त्रमा समस्या आउन नदिन ट्रम्पले युद्धपोतले ुस्कर्टिङु गरेर भए पनि हर्मुज खुलाउने भनेका छन्।

हर्मुज खुलाउन युद्धपोत पठाउन शनिबार मात्रै उनले चीन, बेलायत लगायत देशलाई आग्रह गरेका छन्। तर चीनले युद्धपोत पठाउने सम्भावना कम देखिन्छ।
त्यसैले चीनले हर्मुज खुलाउन प्रयत्न गरोस् भनेर दबाव हाल्न ट्रम्पले चीन भ्रमण पछि सार्ने धम्की दिएका हुन्।चिनियाँ समकक्षी सी चिनफिङसँगको शिखर सम्मेलन अघि आफूले तेल सम्बन्धी अवरोध समाधान होस् भन्ने चाहेको ट्रम्पले फाइनान्सियल टाइम्ससँगकोअन्तर्वार्तामा भनेका छन्। 

उनले आफ्नो भ्रमण कति समयका लागि पछि सार्ने भन्ने बारे चाहिं खुलाएनन्।चिनियाँ राष्ट्रपति सीसँग भेटेर केहि महिना अघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम छ।

 आपसी व्यापार बाहेक ताइवान मामलाबारे पनि ट्रम्पसँग कुरा गर्न सी आतुर देखिन्छन्। ट्रम्प रिसाएर भ्रमण रद्द गर्लान् भनेर नै चीनले इरानमाथि भएको हमलाको धेरै कडा विरोध नगरेको मानिन्छ।सो कुरा बुझेका ट्रम्पले हर्मुज खुलाउन चीनलाई दबाव हाल्न आफ्नो चीन भ्रमण ढिला गर्ने धम्की दिएका हुन्। 

Post navigation

Previous: इन्धन मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा समायोजन गर्न महासंघको माग
Next: कारोबारसँगै घट्यो सेयर बजार

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.