Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अर्को निर्वाचनमा प्रतिपक्ष नै नहुने गरी नतिजा ल्याउनुपर्छ : डोलप्रसाद अर्याल

Kamal Tamang March 17, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले आगामी पाँच वर्षमा जनताको पूर्ण विश्वास जितेर अर्को निर्वाचनमा प्रतिपक्ष नै नहुने गरी नतिजा ल्याउनुपर्ने बताएका छन्। ललितपुरमा आयोजित नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा बोल्दै अर्यालले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले रास्वपालाई मात्रै मतदान गर्ने वातावरण सिर्जना गर्न सांसदहरूलाई निर्देशन दिएका हुन्। 

उनले यो लक्ष्य हासिल गर्न केवल भाषण वा सीमित नेताको दौडधुपले मात्र सम्भव नहुने भन्दै हरेक जनप्रतिनिधिले आफ्नो स्थानबाट नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए।उपसभापति अर्यालले निर्वाचनमा पार्टीले प्राविधिक जित हासिल गरे पनि देश र जनताले वास्तविक जित महसुस गर्न अझै बाँकी रहेको धारणा राखे। अब बन्ने सरकारले सुशासन कायम गर्ने, प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने र भ्रष्टाचारको पूर्ण अन्त्य गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ। 

विशेष गरी दूरदराजका नागरिकसम्म राज्यको उपस्थिति अनुभूति गराउन रमेरा लागि सरकार छु भन्ने विश्वास दिलाउन रास्वपाका सांसदहरू जिम्मेवार हुनुपर्ने उनले बताए। विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनु पार्टीको मुख्य प्राथमिकता हुनुपर्ने उनले उल्लेख गरे।

कार्यक्रममा बोल्दै अर्यालले सांसदहरूलाई आफ्नो क्षमता र लगनशीलता राष्ट्रहितमा समर्पित गर्न आग्रह गरे। अहिलेको समयलाई इतिहास लेख्ने स्वर्ण अवसरु को रूपमा व्याख्या गर्दै उनले यसलाई सदुपयोग गर्न नसके भविष्यमा आफैँलाई माफ गर्न गाह्रो हुने चेतावनी दिए। 

उनले पार्टीभित्र हुनसक्ने आन्तरिक द्वन्द्व, खिचातानी र खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन समेत सबैलाई सचेत गराए। देश निर्माणमा हरेक मिनेट लगानी गर्नुपर्ने भन्दै उनले नयाँ राजनीतिक सन्देश दिन सबै सांसदहरू एकजुट हुनुपर्ने बताए।

अर्यालले हालको जनादेश पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहप्रतिको भरोसाका कारण प्राप्त भएको स्वीकार गरे। तर, आगामी दिनमा यो भरोसालाई जोगाउन र पार्टीलाई पहिलो बनाउन सबै सदस्यहरूको सामूहिक मिहिनेत आवश्यक रहेको उनको तर्क छ।  सभापति र वरिष्ठ नेतालाई मात्रै अगाडि सारेर नतिजा नआउने भन्दै उनले हरेक सांसदले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट नतिजा निकालेर जनताको मन जित्नुपर्नेमा जोड दिए।

Post navigation

Previous: कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग
Next: १३ अंक बढ्यो सेयर बजार, कति भयो कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.