Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इनिशा बिक हत्या प्रकरणः फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

Kamal Tamang March 17, 2026
1
Share On:


काठमाडौं ।  बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् ।

उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’

सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।ती युवाहरूले दिएको बयान सत्य हो या झूटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताए । घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगन्जबाट पोलिग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झूटो बोलेको कुरा पत्ता लगाउँछ ।

घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढा थापाले बताए । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताए ।

उनले भने, ‘अभियुक्रहरुको बयान सकियो । फरेन्सिक रिपोर्टहरू आउन बाँकी छ रिपोर्ट आएपछि अनुसन्धान निष्कर्षमा पुग्छ ।’अनुसन्धानमा कुनै कमी नरहने गरी सूक्ष्म र वैज्ञानिक तरिकाले अनुसन्धान भइरहेको पनि उनले बताए ।

सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कार पछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।

इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण सङ्कलन तथा अनुसन्धान गरिरहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कार पछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढा थापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

फागुन २३ गते इनिशा सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् ।

Post navigation

Previous: सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Next: विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी ग्रुपबीच सहकार्य

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.