Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

शपथ अनिश्चित, फेरि पुस्तक बिक्रीमा लागे महावीर पुन

Kamal Tamang March 19, 2026
2
Share On:


काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्याग्दीबाट नवनिर्वाचित सांसद महावीर पुन फेरि सडक किनारमा आफ्नो आत्मकथा बेच्न ओर्लिएका छन्। पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएको सन्दर्भमा, मेयर धनराज आचार्यको सुझाव बेवास्ता गर्दै पुनले आफ्नो अभियान जारी राख्ने बताएका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुनले शपथ ग्रहणको टुंगो नलागेकाले आफू फुर्सदिलो रहेको र त्यसैले सडकमा किताब बेच्न लागेको बताएका छन्। उनले फेसबुकमा लेखेका छन्, “शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन। त्यसैले आज बिहान १० बजेदेखि नदीपुरको बालमन्दिरदेखि ५० मिटर पश्चिमतिर रहेको सिंगापुर क्याफेको छेउमा मेरो आत्मकथाको किताब बेच्नेछु।”

यसअघि मेयर आचार्यले कानुनको हवाला दिँदै पुनलाई सडकमा बसेर पुस्तक नबेच्न आग्रह गरेका थिए। तर पुनले व्यङ्ग्यात्मक शैलीमा जवाफ दिँदै भने, “अनि के गरेर बस्ने त नि मेयर साहब ? गाह्रो पिरो नमान्नु होला।”सांसदको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रिया ढिलाइ हुँदा उनले पुनः सडकमा पुस्तक बेच्ने दैनिकी रोजेका हुन्।

Post navigation

Previous: आज सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ? 
Next: प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.