Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने

Kamal Tamang March 20, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  इजरायली  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यका आक्रमण रोक्न अनुरोध गरेको भन्दै आफूहरूले त्यसको पालना गर्ने उनले स्पष्ट बताएका हुन् ।

नेतन्याहूको यो भनाइ इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण जारी राखिरहेका बेला आएको हो । नेतन्याहूले इजरायलले हालै इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित एक प्रशोधन केन्द्रमा इजरायल एक्लैले आक्रमण गरेको पनि पुष्टि गरे । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ ।

यो आक्रमणलाई युद्ध तीव्र पार्ने क्षणका रूपमा हेरिएको छ । यसअघि इजरायलले इरानका इन्धन भण्डारण स्थलहरूमा मात्र आक्रमण गरेको थियो, उत्पादन केन्द्रमा प्रत्यक्ष प्रहार गरेको थिएन ।

यस आक्रमणको प्रत्युत्तरमा इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूका ऊर्जा संरचनामा हमला गरेको थियो । विशेषगरी कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा ठुलो क्षति पुगेको कतारी पक्षले जनाएको छ ।  यस घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य तीव्र रूपमा बढेको छ, र विश्लेषकहरूले दीर्घकालीन ग्यास अभावको जोखिमसमेत औँल्याएका छन् । 

Post navigation

Previous: नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी
Next: अजेय मानिने अमेरिकी ‘एफ-३५’ लडाकु विमानमा हमला, आपत्कालीन अवतरण

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.