Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इनिसाको हत्याका दोषीलाई कारबाहीको माग राखेर माइतीघरमा प्रदर्शन

Kamal Tamang March 20, 2026
1
Share On:

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

स्वतस्फुर्त रूपमा शुक्रबार माइतीघरमा भेला भएका युवाहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कडा कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदर्शन गरेका हुन् ।

दोषीलाई छिटो न्यायको दायरामा ल्याउन, पीडितलाई न्याय दिलाउन र महिला सुरक्षाका लागि ठोस नीति तथा कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई उनीहरूले दबाब दिएका छन् ।

छोरीहरूको सुरक्षा गरौं, इनिसा विकलाई तुरुन्त न्याय दे, अपराधीहरूलाई लुकाउन पाइँदैन, हिँसा सहिँदैन न्याय चाहिन्छ लेखिएको प्लेकार्डकासाथै ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भएकी विकको गत २३ फागुन बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी उनी अबेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएपछि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Post navigation

Previous: जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्न प्रशासनले दियो अन्तिम मौका
Next: नयाँ सरकार गठनबारे छलफल सुरूः मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.