Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल बालेन शाह

Kamal Tamang March 27, 2026 1 minute read
1
Share On:


काठमाडौं । बालेन्द्र (बालेन) शाह नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल भएका छन् । ३६ वर्षको उमेरमा उनी देशको कार्यकारी पदमा पुग्न सफल भएका छन् । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका उनी हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट निर्वाचित भए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरी प्रधानमन्त्री बन्ने श्रेष्ठता हासिल गरे ।

बालेन ६८ हजार ३४८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १८ हजार ७३४ मतमात्र प्राप्त गरेका थिए । बालेन यसअघि काठमाडौँ महानगरपालिकाको नगर प्रमुख थिए । उनी माघ ४ गते काठमाडौँ महानगरपालिकाका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव प्रचार गरेको थियो ।

राम नवमीको अवसर पारेर सनातन वैदिक र बौद्धिक परम्परागत अनुसार १२ः३४ को शुभ साइतमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमङ्गल पाठ र ७ वटा शङ्खबाट शङ्खनाद गरिएको थियो ।

वर्षौंदेखि ब्राह्मण तथा क्षेत्रीबाट शासन सत्ताको नेतृत्व गरिरहेको बेला मधेसी मूलबाट पहिलो प्रधानमन्त्री बन्ने इतिहास पनि बालेनले नै रचेका छन् ।
नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा भीमसेन थापालाई मानिन्छ । थापाले वि.सं. १८६३ देखि १८९४ सम्म ३१ वर्ष शासन गरेका थिए । उनी ३२ वर्षको उमेरमा मुख्तियार भएका थिए । थापादेखि बालेनसम्म २१९ वर्षको इतिहासमा जंगबहादुर राणा सबैभन्दा कम उमेर ३१ वर्षमा प्रधानमन्त्री बनेका थिए । यद्यपि त्यतिबेला जननिर्वाचित प्रधानमन्त्री हुने व्यवस्था थिएन । यस अवधिमा ४० जना प्रधानमन्त्री बनेकामध्ये मरिचमान श्रेष्ठ मात्र जनजाति समुदायका हुन् ।

पञ्चायतकालमा तुलसी गिरी राजा महेन्द्रको निगाहमा ३३ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए । सबैभन्दा पाका उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेमा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी र कांग्रेसका पूर्वसभापति सुशील कोइराला छन् । २०५१ सालमा अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । ०७० सालमा प्रधानमन्त्री बनेका कोइरालाको उमेर पनि ७४ वर्ष थियो । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको उमेर त्यतिबेला ५४ वर्षको थियो ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको ३५ वर्षसम्म परम्परागत राजनीतिक दलका प्रायः एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यसपटक देशले पहिलो पटक नयाँ र युवा प्रधानमन्त्री पाएको छ । बालेन प्रधानमन्त्री भएसँगै देशले ५२ वर्षपछि ४० वर्ष मुनिका प्रधानमन्त्री पाएको छ । 

पिता डा। रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा बालेनको निवास काठमाडौँको सिनामङ्गलस्थित गैरीगाउँमा पर्छ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकस्थित विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

२०७२ सालको महाभूकम्पपछि उनले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा नक्सा बनाउने कार्य गरेका थिए । बालेनले ८ वर्षअघि सविना काफ्लेसँग विवाह गरेका थिए । सविना पेसाले जनस्वास्थ्यकर्मी हुन् ।

सानैदेखि बालेनको रुचि सङ्गीत र कवितामा थियो । कक्षा ९ मा अध्ययन गरिरहेका बेला उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ वि।सं। २०६९ मा गाएका थिए । र्‍याप र इन्जिनियरिङसँगै उनले नेपालको राजनीतिमा पनि रुचि राखेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी विवेकशील नेपालीबाट उम्मेदवारी दिने तयारीमा थिए । तर तयारी नपुगेको कारण देखाउँदै उनले निर्वाचनमा कसैलाई पनि भोट नहाल्ने घोषणा सामाजिक सञ्जालमार्फत गरेका थिए । 

बालेनले २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरे । त्यतिबेला उनले ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दाबी गरेका थिए । शाहको यो दाबीलाई धेरैले हावादारी भनेर उडाएका थिए । एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह जस्ता प्रभावशाली उम्मेदवारलाई पराजित गरेपछि बालेनको चर्चा चुलिएको थियो । बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार स्थापितले ३८ हजार ३४१ मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेकी कांग्रेसकी उम्मेदवार सिंहले ३८ हजार ११७ मत पाएकी थिइन् ।

Post navigation

Previous: बालेन  शाह नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
Next: नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे तीनवटा महत्वपूर्ण निर्णय

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.