Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

Kamal Tamang March 29, 2026
1
Share On:


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको हो ।

शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतको भनाइ छ ।अहिले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रहरी परिसर काठमाडौं आसपासका क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ । ओली र लेखक दुवै जना भदौ २३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन् ।

Post navigation

Previous: सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
Next: एमालेले थाल्यो काठमाडौंमा प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.