Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 ७१ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ? 

Kamal Tamang March 29, 2026
nep
Share On:


काठमाडौं ।   बालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सेयर बजार ७१ अंक घटेको छ । सो अंक घटेसँगै नेप्से २९ सयमुनि झरेको छ । बजार आज २८७९ मा कायम भएको छ । आज बजार खुलेपछि निरन्तर ओरालोमा रह्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । गत बिहीबार १३ अर्ब १६ करोडको कारोबार भएकोमा आज १५ अर्ब ३ करोडको भयो । ९ कम्पनीको मूल्य बढ्दा २५६ को घट्यो भने एउटाको स्थिर रह्यो ।

बजारका सबै समूहगत सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ २.७८, विकास बैंक २.८९, होटल तथा पर्यटन २.२५, हाइड्रोपावर २.२१, लगानी २.९८, जीवन बीमा २.२०, उत्पादन तथा प्रशोधन १.०७, माइक्रोफाइनान्स २.११, निर्जीवन बीमा २.२३, अन्य २.५२ तथा व्यापार ३.०१ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । सीवाईसी नेपाल लघुवित्तको मूल्य ७.१, सोलु हाइड्रोपावरको ३.५ प्रतिशत मूल्य बढ्यो ।

युनिक नेपाल लघुवित्तको ६.१७, हिमाल दोलखाको ५.४५, अभियान लघुवित्तको ५.३९, माउन्टेन हाइड्रो नेपालको ५.३७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, ङादी ग्रुप, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट र नेसनल हाइड्रोपावर कम्पनी छन् ।

Post navigation

Previous: एमालेको विरोधपत्र बुझ्दै भने राजनीतिक विषयमा प्रवेश गर्दैनौं : काठमाडौंका सीडीओ
Next: काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.