Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो

Kamal Tamang April 5, 2026
1
Share On:


काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।

संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ । साथै, चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ । यद्यपि, सामान्यतया गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति रहने गरेको छ । संघका सचिव मदन पोखरेलले बजार स्थिरता कायम राख्न र किसानको उत्पादन लागत सुरक्षित गर्न मूल्य समायोजन गरिएको बताएका छन् ।

Post navigation

Previous: सम्पत्ति शुद्धीकरण अनुसन्धानको प्रभावः नेप्सेमा एकसय अंकको गिरावट
Next: नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.