Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मन लागे आउने नलागे नआउने, सदन चिया पसल र चौतारी होइन : मनिष झा

Kamal Tamang April 6, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसलका रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यसअघिका संसदमा सिद्धान्त कमजोर भएको पनि उल्लेख गरेका थिए।’यसअघिका सदन खुमलटार, बालुवाटार, बालकोटको बन्दी भएर बस्यो। संख्या मात्र गनियो’, झाले भने, ‘सिद्धान्त कमजोर रह्यो, अब सदन सिद्धान्तको हुनेछ।’

आजको बैठकमा संसदको पहिलो लहरका कुर्सी प्राय: खाली थिए। पहिलो लहरमा सांसद रहेका दलका शीर्ष नेताहरू रहन्छन्।उनले अहिलेको संसद दक्षिण एसियाकै उत्कृष्ट भएको उल्लेख गरे। साथै ससदनमा जनताको प्रश्नले अस्तित्व पाउनुपर्ने बताए। 

‘सदन चौतारी र चिया पसल होइन। जहाँ मन लाग्ने आउँछु। मन लागे बोल्छु। मन लागे बस्छु। मन नलागे जान्छु भन्ने होइन’, झाले भने, ‘सदन गुरूकुल हुनुपर्छ। विश्वविद्यालय हुनुपर्छ। होमवर्क गरेर आउँछु। म प्रश्न, प्रस्ताव लिएर प्रस्तुतीको तयारी गरेर आउँछु। जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ।’ 

उनले भदौ २४ गतेको घटना सम्झँदै सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनताले सदनमा छिर्ने बताए। ‘सदनले याद गर्नुपर्ने कुरा- यदि सदनमा जनताको प्रश्नको अस्तित्व भएन भने जनता नै छिर्छन्’, झाले भने, ‘बालुवाटार र राष्ट्रपति कार्यालयभन्दा पहिला जनताको सदनमा प्रस्तुति र उपस्थिति देखियो, यो सम्झनुहोला।’

Post navigation

Previous: ८३ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि
Next: शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.