Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

८३ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि

Kamal Tamang April 6, 2026 1 minute read
nep (2)
Share On:

काठमाडौं ।  अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो ।

अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलिएको बताएका थिए ।

आगामी बजेट रुपान्तरणकारी हुने र बजारको पारदर्शिताका लागि सरकारले काम गर्ने आश्वासन दिएका थिए । बजारमा आत्तिनु नपर्ने आशय दिएका थिए । त्यस्तै आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटमा पनि उनले रास्वपाको घोषणापत्रमा उल्लेख भएअनुसार बजार सुधारको काम हुने बताएका थिए । नेप्से पुनर्संरचनाको काम अघि बढिरहेको स्पष्ट पारेका थिए ।

अर्थमन्त्रीको आश्वासनले पनि आज बजार बढ्न मद्दत पुगेको हो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ३८ करोडको कारोबार भएकोमा आज १० अर्ब ९२ करोडको भयो ।

२६४ कम्पनीको मूल्य बढेको छ भने ४ को घटेको छ, एकको स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ४.०३ प्रतिशत बढ्यो ।
बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार २.४० प्रतिशत बढे ।

८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८, शिवश्री हाइड्रोपावरको ९.५५ तथा हिमाल दोलखा हाइड्रोपावरको ९.१८ प्रतिशत मूल्य बढ्यो ।

अघिल्लो दिन १० प्रतिशत बढेको रिलायन्स स्पिनिङ मिल्समा आज भने बिक्री चाप बढेको छ । कम्पनीको मूल्य १.६० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर छन् ।

Post navigation

Previous: काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
Next: मन लागे आउने नलागे नआउने, सदन चिया पसल र चौतारी होइन : मनिष झा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.