Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सांसद रोकायाको हवाई भाडा नियन्त्रण गर्न माग

Kamal Tamang April 8, 2026 1 minute read
1
Share On:

 काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायाले हुम्ला लगायत हिमाली क्षेत्रका विकट जिल्लाहरुमा कच्चि सडक भर्खरै पुगेकोले नागरिक हवाई यातायातमा निर्भर रहेको भन्दै हवाई भाडा नियन्त्रण गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै हुम्लाका सांसद रोकायाले हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको बताएका हुन् ।

उनले भने, ‘मेरो क्षेत्र हुम्ला लगायत हिमाली क्षेत्रका नागरिकहरुले भोग्दै आएका गम्भिर समस्याहरु तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । हुम्ला जस्तो विकट जिल्लामा डरलाग्दो कच्चि सडक भर्खर निर्माण भएकाले नागरिक हवाई यातायातमा निर्भर रहन बाध्य भएका छन् तर दर्भाग्यवस हवाई भाडा अत्यन्तै महगो हुँदा सर्वसाधारणको जिवन कष्टकर बनेको छ ।’

यस्तै उनले हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको भन्दै यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको बताए ।

‘हाल हवाई भाडा १२ हजारदेखि १५ हजारसम्म पुगेको छ जसले गर्दा धेरै नागरिक यात्रा गर्न समेत असमर्थ भएका छन् । यो समस्या केवल यातायातको मात्र नभई आर्थिक र सामाजिक समानतासँग पनि जोडिएको छ । म सरकारसँग हवाई इन्धनमा कर छुट आवश्यकता उडानमा अनुदान थप हवाई भाडा नियन्त्रण गनउ माग गर्दछु,’ उनले भने ।

Post navigation

Previous: नियमावली मस्यौदा समितिः संशोधन गर्नुपर्ने बुँदाहरुमा बिहीबारदेखि छलफल सुरु हुने
Next: सार्वजनिक यातायातमा नयाँ भाडादर आजबाटै लागू हुने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.