Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

Kamal Tamang April 8, 2026 1 minute read
aa (9)
Share On:


 काठमाडौं । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्य पनि ८९३ ले बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २।३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२।४९ अमेरिकी डलर कायम भएको छ । कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।

Post navigation

Previous: बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Next: शेरबहादुर देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.