Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कार्यालय समय परिवर्तनसँगै फेरियो सडकमा सवारी जाम हुने समय 

Kamal Tamang April 9, 2026
1
Share On:


 काठमाडौं ।  कार्यालय समय परिवर्तनसँगै सडकमा सवारी जाम हुने समय पनि फेरिएको छ । जाम हुने समय अघि सरेपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’को समय तालिका पनि अघि सारेको छ ।

पहिले कार्यालय समय १० बजेदेखि ५ बजेसम्म तोकिएको थियो । त्यतिबेला १० बजेभन्दा करिब एक घण्टा अगाडि र ५ बजेदेखि करिब एक घण्टा पछाडिसम्म सडकमा सवारी साधनको चाप अत्यधिक हुन्थ्यो । कतिपय स्थानमा त लामो समयसम्म ट्राफिक जाममा रोकिनुपर्थ्यो ।

२२ चैतको मन्त्रिपरिषद बैठकले कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म हुने निर्णय गरेपछि सवारी साधनको चाप बिहान ८ बजेदेखि नै बढ्ने गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले सवारी साधनको चापलाई मध्यनजर गरेर बिहान ८ बजेदेखि नै ‘पिक आवर ड्युटी’ सुरु गर्ने प्रबन्ध मिलाइएको जानकारी दिए ।

पिक आवर ड्युटी भन्नाले बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्मको अवधिलाई बुझाउँछ । बिहानको समयमा ट्राफिक जाम हुने समय अघि सरे पनि बेलुकाको जामको अवस्था भने अझै उस्तै छ ।

Post navigation

Previous: इजरायलले गर्यो लेबननमा अहिलेसम्मकै भीषण हमला,  २५० जना भन्दा बढीको मृत्यु 
Next: इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.