Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

Kamal Tamang April 9, 2026
1
Share On:


 काठमाडौं ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै स्थिति पुनः बिग्रिएपछि इरानले तेल आयातका लागि महत्त्वपूर्ण मानिने स्ट्रेटअफ हर्मुज जलमार्ग पूर्णरुपमा बन्द गरेको छ । लेबनानमा इजरायलले गरेको भीषण आक्रमणको प्रतिक्रियास्वरूप इरानले यो कदम चालेको हो । यससँगै तेल बोकेका ट्यांकरहरु बीच बाटोबाटै फर्किएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार, हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द भएपछि खाडी क्षेत्रबाट बाहिर निस्कन लागेका थुप्रै तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किन र पर्सियन खाडीको भित्री भागमै रहन बाध्य भएका छन् ।
यसअघि, अमेरिका र इरानबीच मंगलबार भएको दुई हप्ता लामो युद्धविरामपछि बुधबार बिहान ग्रीसको बल्क क्यारियर एनजे अर्थ र लाइबेरियाको झण्डा बोकेको डेटोना बीच नामका दुई जहाजले पहिलो पटक यो जलमार्ग पार गरेका थिए । मरिन ट्राफिकको तथ्याङ्कले ती जहाजहरूले यात्रा सुरु गरेको देखाएको थियो ।

तर, इजरायलले लेबनानभरि गरेको ठूलो स्तरको हवाई आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएपछि स्थिति अचानक तनावपूर्ण बनेको हो । इरानको अर्ध–सरकारी समाचार एजेन्सी फार्सका अनुसार, लेबनानमा भएको आक्रमणको विरोधमा इरानले हर्मुज जलसन्धिबाट हुने सम्पूर्ण तेल ट्याङ्करको आवतजावत रोकिदिएको छ ।

सिपिङ एनालिटिक्स फर्म केप्लरको रिपोर्ट अनुसार, मंगलबारसम्म यस क्षेत्रमा १८७ वटा तेल ट्याङ्करसहित १,००० भन्दा बढी जहाजहरू पालो पर्खिरहेका थिए । सामान्य अवस्थामा पनि यति धेरै जहाजहरूलाई त्यहाँबाट बाहिर निस्कन दुई हप्ताभन्दा बढी समय लाग्ने बताइएको छ ।

यसैबीच, इरानको पोट्र्स एण्ड म्यारिटाइम अर्गनाइजेसनले बुधबार एक सुरक्षित नेभिगेसन चार्ट जारी गरेको छ । जसमा सबै जहाजहरूलाई बारुदी सुरुङको जोखिमबाट बच्नका लागि तोकिएको मार्ग कडाइका साथ पालना गर्न सचेत गराइएको छ । विश्वको कुल तेल आपूर्तिको ठूलो हिस्सा यही जलसन्धि भएर जाने भएकाले यसको बन्दले विश्वव्यापी तेल बजार र आपूर्ति शृङ्खलामा गम्भीर असर पर्ने अनुमान गरिएको छ ।

Post navigation

Previous: कार्यालय समय परिवर्तनसँगै फेरियो सडकमा सवारी जाम हुने समय 
Next: चुरे तथा वनजंगल संरक्षण अभियान नेपालद्वारा माइतीघरमा प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.