Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ

Kamal Tamang April 10, 2026
1
Share On:


 काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका – ९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मलंगवा नगरपालिका – १२ निवासी बरही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन्।

सर्लाही प्रहरीका अनुसार २०७८ चैत २० गते साँझ मलंगवा – १२ का ८ वर्षीय बालक मिठु भन्ने आकाश कुमार ठाकुरको अपहरणपछि हत्या गरिएको घटनामा बरहीको संलग्नता रहेको छ । आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए ।

त्यसपछि बालकको घाँटी गम्छाले कसी हत्या गरिएको थियो। त्यसपछि शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका बरहीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Post navigation

Previous:   इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार 
Next: कपिलवस्तुको बनकसवासामा बस दुर्घटना, २६ यात्रु घाइते

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.