Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

Kamal Tamang April 10, 2026 1 minute read
1
Share On:


 काठमाडौं ।  यामाहा नेपालले आफ्नो अधिकृत वितरक एम.ए.डब्लू. राइड्स प्रा. लि. मार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लु फेस्ट” पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू Yamaha FZ-S न्यू जेन: लिड द नेक्स्टसार्वजनिक हुनेछ, जसले यस साताव्यापी इनोभेसन, प्रदर्शन र ग्राहक सहभागिताको उत्सवको सुखद सुरुवात गर्नेछ।

पूर्ण दुईपाङ्ग्रे अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ-टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। यस वर्ष “एक्सचेन्ज कार्निभल”को अनुभव पनि समावेश गरिएको छ, जसले ग्राहकहरूलाई सजिलो र विश्वसनीय रूपमा आफ्नो सवारी अपग्रेड गर्न थप सहज बनाउनेछ।

आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा अन-द-स्पट मूल्यांकन गराउन सक्नेछन्, जसले बजार अनुसार उत्कृष्ट मूल्य सुनिश्चित गर्नेछ। सहज एक्सचेन्ज विकल्पहरूसँगै ग्राहकहरूले ब्राण्ड न्यू यामाहा पनि एकदम छिटो किन्न सक्नेछन्।

ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकता मार्फत अन-द-स्पट फाइनान्स सुविधा लिन सक्नेछन्, साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन्। खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउनेछन्, जसले यो समयलाई यामाहा दुईपाङ्ग्रे सवारीमा लगानी गर्ने उत्कृष्ट अवसर बनाएको छ। साथै, नयाँ वर्षको ब्लु कोड अफर पनि कार्यक्रम अवधिभर लागू हुनेछ।

“यामाहा ब्लु फेस्ट इनोभेसन र नेपाली ग्राहकहरूसँगको हाम्रो सम्बन्धको उत्सव हो। यो ग्राहकहरूको लागि हाम्रो अपग्रेड गरिएको हाइ-टेक मोटरसाइकलको अनुभव लिने र यसलाई खरिद गरी नयाँ यात्राको सुरुवात गर्ने अवसर हो,” एम.ए.डब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने।

खरिद अनुभवका अलावा ब्लु फेस्टले जोशले भरिएको मनोरञ्जन र सहभागिताको अनुभव पनि प्रदान गर्नेछ। सहभागीहरूले रमाइलो स्टन्ट शो, टप राइडर, क्रिएटर र सेलिब्रिटीहरूसँग भेटघाट गर्ने मौका पाउनुका साथै आकर्षक कस्प्ले प्रस्तुति पनि हेर्न पाउनेछन्। कार्यक्रम अवधिभर आकर्षक डुअर प्राइज र निःशुल्क एसेसरीजहरू पनि उपलब्ध हुनेछन्।

Post navigation

Previous: शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
Next: आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.