Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

संसदीय समितिमा अर्थमन्त्री वाग्लेलाई बोलाएर छलफल चलाउन माग

Kamal Tamang April 13, 2026
1
Share On:


काठमाडौं । सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बोलाएर छलफल चलाउन माग गरेका छन् ।राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल थियो ।

जहाँ उपस्थित सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले अब प्री–बजेट छलफल हुनुपर्ने माग गरे ।

प्रत्येक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि संसद्‍मा प्री–बजेट छलफल गर्ने अभ्यास छ । संसदीय विषयगत समितिमा पनि प्री–बजेट छलफल हुने गरेको छ ।

नेकपा एमालेकी सांसद रेखा कुमारी झाले मधेशलाई केन्द्रमा राखेर आगामी बजेट आउनुपर्ने बताइन् ।उनले भनेकी छन्, ‘जति मधेशले नयाँ सरकार बनाउन भूमिका खेले त्यसनुसार काम होस् । त्यसअनुसार न्याय दिलाउने गरी बजेट दिइयोस् ।’नेपाली कम्युनिस्ट पार्टीकी सांसद सावित्री मल्लले पनि अर्थमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने बताइन् ।

‘अर्थमन्त्रीलाई बोलाएर छलफल गरौँ’ उनले भनिन्, ‘बजेटमा मधेशलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’ कर्णाली लगायत विगतमा पछाडि पारिएका क्षेत्र र भूगोललाई ख्याल गरेर सरकारले नीति तथा योजना ल्याउनुपर्ने उनको आग्रह छ ।

Post navigation

Previous: विद्युत प्राधिकरणद्वारा ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय, निजी उर्जा उत्पादकलाई राहत
Next: वर्षको अन्तिम दिन घट्यो सेयर बजार

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.