Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

Kamal Tamang April 15, 2026
1
Share On:


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो ।

विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ । लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका गाडीहरूमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका रहेका छन् । यसका साथै, त्यहाँबाट मोबाइल फोन, कम्प्युटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भर समेत जफत गरिएको विभागले जनाएको छ ।

भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा समेत विभागले छापा मारेको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ । त्यसैगरी, अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ भने भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा पनि छानबिन गरिएको स्रोतले जनाएको छ ।

विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ । जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभागको भनाइ छ ।

भट्ट र अग्रवाल विगत दुई सातादेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।

Post navigation

Previous: प्रतितोला ३ लाख रुपैयाँ नाघ्यो सुनको भाउ 
Next: सरकारले खुलायो इजरायल सहित ४ देशमा पुनः श्रम स्वीकृति 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.