Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Kamal Tamang April 15, 2026
1
Share On:

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ खुला गरिएको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये ४ लाख ७० हजार कित्ता स्थानीय बासिन्दालाई, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ३७ हजार कित्ता सामूहिक लगानी कोषलाई र १८ हजार ८०० कित्ता कर्मचारीहरूलाई बाँडफाँट गरिसकिएको छ ।

हाल सर्वसाधारणका लागि बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको हो । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ । कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको उक्त आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष तथा छुटदरमा १६.४३ वर्ष रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । साथै, मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

Post navigation

Previous: अमेरिकी र इरानबीच दोस्रो चरणको वार्ता चाँडै नै हुने सम्भावना 
Next: प्रवासी सवार डुंगा हिन्द महासागरमा दुर्घटनाः २५० जना बेपत्ता

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.