Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

टर्कीमा एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु

Kamal Tamang April 16, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो । टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार आक्रमणकारी छात्रले दुईवटा कक्षा कोठामा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएको थियो । ती छात्रसँग पाँच थान बन्दुक र  सात म्यागेजिन रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

आक्रमणबारी छात्रका बुवा सेवानिवृत्त प्रहरी अधिकारी भएको बताइएको छ । यसअघि मंगलबार पनि टर्कीको दक्षिणी क्षेत्रको एक हाई स्कुलमा पनि एक पूर्वछात्रले गोली चलाएको थियो । उक्त गोलीबारीमा १६ जना घाइते भएका थिए । पछि आक्रमणकारीले आफैंलाई गोली हानेका थिए ।

Post navigation

Previous: वैशाख १५ गतेबाट पठनपाठन र आजदेखि भर्ना सुरु गर्न निर्देशन
Next: संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.