Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 सल्यानमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

Kamal Tamang April 19, 2026 1 minute read
1
Share On:

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ।दुर्घटनामा १४ जना घाइते भएका छन्। तीमध्ये १० जनाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ भने ४ जना उपचारपश्चात डिस्चार्ज भएका छन्।

दुर्घटनाका घाइते मध्य बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती , २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको हो।

सल्यानका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार मनबहादुरको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।सल्यान जिल्ला अस्पताल खलंगा पुर्‍याउँदा अरु तीन जनालाई  चिकित्सकले राति १० बजेतिर मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी प्रवक्ता भट्टराइका अनुसार घाइते मध्य दुई जनाको अवस्था गम्भीर  छ।उनीहरुको बाँकेको नेपालगञ्जस्थित न्यूरो अस्पतालमा उपचार जारी छ। त्यस्तै थप ८ जनाको पनि बाँकेको नेपालगंजस्थित सञ्जिवनी हस्पिटलमा उपचार भइ रहेको छ। चार जना भने उपचार पछि डिस्चार्ज भइ सकेको उनले बताए।

शनिबार बेलुकी साढे ५ बजेतिर बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका – १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ०२७१ नम्बरको जिप  बनगाड कुपिन्डे नगरपालिका – १२ पुथलामा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो।

भौगोलिक विकटताका घाइतेहरुको उद्धार गर्न झन्डै ४ घन्टा जति समय लागेको थियो।जिप सडकदेखि  करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

Post navigation

Previous: रास्वपा सचिवालयको बैठक बस्दै
Next: हावाहुरीबाट मधेस प्रदेश प्रभावितः सिरहामा पर्खाल भत्किँदा एक जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.