Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु, भत्काइयो घरटहरा

Kamal Tamang April 19, 2026
1
Share On:

काठमाडौं । लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ । बिहानै ५ बजेदेखि सडक विस्तारको काम सुरु गरिएको हो । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।

सडक विस्तारलाई प्रभावकारी बनाउन एकैसाथ पाँच स्थानबाट काम सुरु गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।सडक विस्तारका लागि डोजर र एक्साभेटरसहित ९ वटा उपकरणलगायत प्रयोग गरिएको छ । सुरक्षाकर्मीहरुको तैनाथी पनि बढाइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने काम थालिएको छ । यसका लागि वीरगञ्ज महानगरपालिका, प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको छ ।

सर्वोच्च अदालतले २०८१ फागुन २८ गते उक्त सडक विस्तारसम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गर्दै विपक्षीको रिट खारेज गरेपछि सडक विस्तारको काम अघि बढाउने बाटो खुलेको हो । यसअघि करिब एक हजार २०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै रिट दायर गरेका थिए, जसका कारण झन्डै १३ वर्षदेखि सडक विस्तार अन्योलमा परेको थियो ।अब अदालतको निर्णयपछि प्रशासनले संरचना हटाउँदै चरणबद्ध रूपमा सडक विस्तार अघि बढाएको छ ।

Post navigation

Previous: हावाहुरीबाट मधेस प्रदेश प्रभावितः सिरहामा पर्खाल भत्किँदा एक जनाको मृत्यु
Next: साढे दुई वर्षपछि कीर्तिपुरमा भिड्दै नेपाल र यूएई

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.