Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आज १३ अंकले घट्यो सेयर बजार 

Kamal Tamang April 20, 2026
2
Share On:

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १३.१७ अंक घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८२५ अंकमा झरेको छ । कारोबार सुरु भएको ६ मिनेटमै नेप्से २८४५ अंकसम्म पुगेको थियो, जुन विन्दु आजका लागि अधिकतम रह्यो ।

अघिल्लो कारोबार दिन नेप्से ५ अंक बढेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४३ करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ६ को स्थिर रह्यो ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०१ प्रतिशत बढेको छ । योबाहेक सबै समूहका सूचक घटे । बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशत घटे ।हाइड्रोपावर ०.२३, लगानी ०.८४ जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घटे ।

घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । कम्पनीको सेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था आजदेखि लागु भएसँगै यी ४ कम्पनीको मूल्य १५ प्रतिशत बढेको हो ।

१५ प्रतिशत मूल्य बढेका कम्पनीमा सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै झापा इनर्जीको मूल्य ११.८८, रिजलाइन इनर्जीको १०.९९ तथा सुपर खुदी हाइड्रोपावरको मूल्य ५.३५ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ५.३५ तथा एसियन हाइड्रोपावरको ४.५० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा होटल फरेस्ट इन, सोलु हाइड्रोपावर, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स छन् ।

Post navigation

Previous:  जिम्मेवारीबाट हटाइए भिसामा’रोजगार निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत
Next: चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.