Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सांसदले उठाए कूटनीतिक राहदानीको माग, सभामुखले गरे छलफल

Kamal Tamang April 22, 2026
1
Share On:


काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले कूटनीतिक राहदानीसम्बन्धी विषयमा सभामुखले विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको बताएकी छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद ओलीले प्रतिनिधिसभाका विभिन्न सदस्यहरूबाट कूटनीतिक राहदानीको माग बढ्दै गएकाले त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको बताइन् ।

राहदानी ऐन २०७६ तथा नियमावलीअनुसार दफा ६ मा विशेष सरकारी कार्यक्रम वा विशेष कार्यमा जाने तोकिएका पदाधिकारीहरूले मात्र कूटनीतिक राहदानी पाउने व्यवस्था रहेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘विभिन्न प्रतिनिधिसभाका सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेकाले त्यसलाई कसरी अगाडि लैजाने भनेर पार्टीको सचेतकहरु र प्रमुख सचेतकहरु बोलाएर सभामुखज्यूले कुरा गर्नुभएको हो । यसमा राहदानी ऐन २०७६ ले चाँही नियमावली अनुसार दफा ६ राजधानी ऐनको दफा ६ अनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकिएको पदाधिकारीले मात्र पाउने कुरा रहेछ ।’

तर, धेरै सांसदहरूलाई विभिन्न कार्यक्रमका लागि विदेश भ्रमणमा जानुपर्ने अवस्था रहेको भन्दै हालको कानुनी व्यवस्थाअनुसार सहज रूपमा राहदानी उपलब्ध गराउन कठिनाइ भइरहेको उनको भनाइ छ ।

यस विषयमा आगामी दिनमा सांसदहरूलाई कसरी सहजीकरण गर्ने भन्नेबारे विभिन्न दलका सचेतक र प्रमुख सचेतकहरूबाट सुझाव संकलन गर्न सभामुखले छलफलका लागि बोलाएको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘तर धेरै माननीयज्यूहरुले विभिन्न कार्यक्रममा विदेश भ्रमणमा जानुपर्ने भएकाले अहिले ऐन र नियमावली अनुसार त्यो दिन नमिल्ने तर आगामी दिनमा माननीयहरुलाई सहजीकरण कसरी गर्ने भन्ने विषयमा राय सल्लाह बोलाइएको हो ।’

Post navigation

Previous: पश्चिम नवलपरासीमा आगलागीः १२ घर जले, करिब साढे ४ करोड क्षति
Next: कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न सरकारद्वारा निर्देशन जारी 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.