Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

घट्न रोकिएन सेयर बजार, कति भयो कारोबार ? 

Kamal Tamang April 23, 2026
nep
Share On:


काठमाडौं । बिहीबार पनि सेयर बजारको गिरावट थामिएन । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको भयो ।

४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह ०.६० तथा व्यापार समूह ०.४३ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशत घट्यो । बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशत घटे ।

२ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ तथा नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशत मूल्य बढ्यो ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घट्यो । सुपर खुदी हाइड्रोपावरको ७.१७, गणपति लघुवित्तको ६.३८ तथा रिजलाइन इनर्जीको ५.३३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर छन् ।

Post navigation

Previous: भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको जनाको, २१ घाइते
Next: खगेन्द्र सुनारसहित रास्वपा सांसदहरू सिडिओ कार्यालय गेटमा १२ घन्टादेखि धर्नामा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.