Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावितः तातो लहरको चेतावनी

Kamal Tamang April 23, 2026
1
Share On:


काठमाडौं । केही दिनतया तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ ।आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ ।

विभागका अनुसार आज कर्णाली प्रदेशबाहेक ६ वटै प्रदेशका तराई तथा उपत्यकाका खोँचहरुमा तातो दिन हुने प्रक्षेपण छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो लहरको पनि सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ ।जल तथा मौसम विज्ञान विभागले तातो लहरले स्वास्थ्यमा असर पर्ने भएकाले घामबाट जोगिन र अत्यावश्यक नपरी घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

विभागले आज बिहान १९ स्थानका अधिकतम र न्यूनतम तापक्रमको पूर्वानुमान सार्वजनिक गरेको छ । त्यसमध्ये ५ स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसम्म पुग्ने अनुमान छ ।

बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवाको तापक्रम भने ४० डिग्री सेल्सियस नाघ्नसक्ने अनुमान छ । आज दिउँसो भैरहवाको अधिकतम तापक्रम ४०–४२ को बीच रहने अनुमान विभागको छ । यसैगरी नेपालगञ्जको अधिकतम तापक्रम ३९ देखि ४१ को बीचमा रहने अनुमान गरिएको छ ।

धनुषाको जनकपुर, डोटीको दिपायल र कैलालीको धनगढीमा आज दिउँसो अधिकतम तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस रहने पूर्वानुमान छ ।बाराको सिमराको अधिकतम तापक्रम भने ३६ देखि ३८ डिग्री सेल्सियस रहनसक्ने विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार शनिबार राति भने देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, पहाडी भू–भाग आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरेको छ । कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना औंल्याइएको छ ।

Post navigation

Previous: ओपिडी सेवा नखुम्च्याउन सरकारलाई महामन्त्री प्रदिप पौडेलको आग्रह
Next: इरानसँग जारी लडाइँका बीच अमेरिकी नौसेना सचिव फेलानले दिए राजीनामा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.