Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

उचित विकल्प विना सुकुमबासीलाई हटाउनु राज्य आतंक हो : हर्क साम्पाङ

Kamal Tamang April 24, 2026 1 minute read
1
Share On:


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् । 

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरित सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन्। उनले उचित क्षतिपूर्तिसहित उचित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढ्नुपर्ने सुझाव दिएका छन् । 

विज्ञप्तिमा भनिएको छ, जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी, बुट र बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले सरकारको निरंकुश चरित्र देखाएको छ।

दशकौँ पहिलेदेखि बसेका सुकुमबासीहरूले आफ्नो जीवनभरको कमाइ लगाएर घर बनाएको उल्लेख गर्दै उनले तत्कालिन राज्य संयन्त्रको मौन सहमति वा इजाजत बिना ती बस्तीहरू नबसेको तर्क गरेका छन्। उचित व्यवस्थापन नगरी जनतालाई बेघर बनाएर सुशासन, आर्थिक उन्नति र विकास सम्भव नहुने उनको भनाइ छ।

ुसुकुमबासीलाई सडक मानव बनाउने नीति सर्वथा गलत हो,ु विज्ञप्तिमा उल्लेख छ। श्रम संस्कृति पार्टीले यस्ता मानव अधिकार विरोधी गतिविधिको सख्त निन्दा र भर्त्सना गर्दै नागरिक सर्वोच्चताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

Post navigation

Previous: थापाथलीका सुकुमवासीहरुले खाली गर्न थाले आफू बसेको घर 
Next: सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोध गर्र्दै थापाथलीमा प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.