Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रोकियो सेयर बजारको गिरावट, कति भयो कारोबार ?

Kamal Tamang April 24, 2026 1 minute read
nep (2)
Share On:


 
काठमाडौं ।  साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको छ । अघिल्ला चार कारोबार दिन लगातार बजार घटेको थियो । आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको भयो ।

८७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढे ।

अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।

 

Post navigation

Previous: थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने–सुकुमवासीको पक्षमा श्रम संस्कृति पार्टी हुनेछ 
Next: यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.