Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

एन्फा अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा, विदेश जान रोक

Kamal Tamang April 26, 2026 1 minute read
1
Share On:

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ। अध्यागमन विभागका अनुसार शुक्रबार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न निवेदन प्राप्त भएको र त्यहिँअनुसार कालोसूचीमा राखिएको छ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानविन गर्नका लागि कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको थियो। सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतको भनाइ छ। 

उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको हो। 

‘एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको छ। उनीहरूलाई विदेश जान नदिनु भनेर पत्र आएको हो। केही गरी कालोसूचीमा रहेका व्यक्ति विदेश जान खोजेमा सम्बन्धित निकायलाई अध्यागमनले जानकारी गराउँछ,’ अध्यागमन स्रोतले भन्यो। 

पछिल्लो समय खेलकुद परिषद र एन्फाबीच विवाद छ। आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फामाथि खेलकुद परिषदले तीन महिनाको निलम्बन गरेको थियो। 

साथै एन्फामा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको विषयमा खेलकुद मन्त्रालयमा पत्र प्राप्त भएका थिए। त्यसपछि राष्ट्रिय खेलकुद परिषदले छानविनका लागि उपसमिति गठन गरेको थियो। उक्त  समितिले नै आर्थिक विषयमा छानविन गर्नु पर्ने भन्दै एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्दै विदेश जान नदिने भनेको थियो। 

योबीचमा एन्फाका पदाधिकारी क्यानडाको भ्यानकुवरमा हुने ७६औं फिफा कंग्रेसमा हुने कार्यक्रम छ। फिफा कंग्रेस बिहीबारदेखि सुरु हुँदैछ। अब पासपोर्ट कालोसूचीमा परेपछि एन्फा पदाधिकारीको क्यानडा भ्रमण अनिश्चित बनेको छ। 

Post navigation

Previous: आज मध्याह्नसम्म २१९ सुकुम्बासी परिवार रंगशाला पुगे
Next: सुकुमबासी बस्ती भत्काइएकोप्रति हर्क साम्पाङ आक्रोशित

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.