Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

Kamal Tamang April 30, 2026
1
Share On:


काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा सहजीकरण गरेको छ । विभागले एक पत्राचार गर्दै अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेर सामान छुटाउन पाउने व्यवस्था गरेको हो । यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ चैत ३० गते सूचना जारी गर्दै नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा पैठारीकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेको थियो ।

तर, यो व्यवस्थाले गर्दा विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी, औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान वस्तुहरूको भन्सार जाँचपास र व्यापारमा समस्या देखिएको थियो ।

भन्सार विभागका निर्देशक भूपाल राज शाक्यद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘हाल आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम, बजेट र आर्थिक ऐन समेत बनाउने तयारी भइरहेको हुँदा एमआरपी सम्बन्धी विषयको थप स्पष्टता आगामी आर्थिक ऐनबाट गर्न सकिने अवस्था रहेको छ ।’ तत्कालको समस्या समाधानका लागि विभागले मिति २०८०–०१र१६ को निर्णयानुसार नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार आयातकर्ताले भन्सार विन्दुमा वस्तुको एमआरपीको स्वघोषणा गर्नुपर्नेछ । पैठारी भइसकेपछि तर बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा लेबल लगाएर मात्र वस्तु बिक्री गर्ने प्रतिबद्धता ९स्वघोषणा० गरेमा भन्सार जाँचपास गरिनेछ । यो निर्णयले औद्योगिक क्षेत्र र खाद्यान्न तथा फलफूल व्यवसायीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । विभागले यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई समेत जानकारी गराएको छ ।

अनिवार्य एमआरपीको व्यवस्थाले गर्दा धेरै सामानहरू भन्सारमै रोकिएका थिए र व्यापारीहरूले यसको विरोध गर्दै आएका थिए । विभागको यो नयाँ कदमले व्यापार सहजीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Post navigation

Previous: ट्रम्पका विशेष दूत गोर काठमाडौं आउँदैः दुई मन्त्री भेट्ने, बालेनसँग भेट होला ?
Next: राजीनामा दिने तयारीमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.