Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट

Kamal Tamang May 4, 2026 1 minute read
1
Share On:


काठमाडौं । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ।  ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो।

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलरमा झरेको छ। ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबिच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै पनि सीमित छ र दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्। 

विश्लेषकहरूका अनुसार दुवै पक्ष आ(आफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ताहरू सुस्ताएका छन्। ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राखेका छन् भने इरानले युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रको ढुवानीमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान राख्दै आएको छ। 

यसैबिच, पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक प्लस) ले जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ। 

Post navigation

Previous:  मन्त्रिपरिषद बैठक आज बस्दै,  मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
Next: प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धताः सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.