Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

३४ अंक घट्यो सेयर बजार, कति भयो कारोबार ? 

Kamal Tamang May 4, 2026
nep
Share On:

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३४.६३ अंक घटेको छ ।यो कमीसँगै नेप्से परिसूचक २७०४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको १० मिनेटसम्म बजारले वृद्धिको संकेत देखाएपनि त्यसपछि अन्तिम समयसम्म निरन्तर ओरालोमा रह्यो ।आजसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । यसअघि गत मंगलबार २६, बुधबार २५ र बिहीबार ५ अंक घटेको बजार शुक्रबार सार्वजनिक विदाका कारण बन्द रहेको थियो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ४ अर्ब २६ करोडको भयो । २७ कम्पनीको मूल्य बढ्दा २४० को घट्यो भने २ को स्थिर रह्यो ।माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स पनि जम्मा १ अंकमुनि हरियो रह्यो । तीन समूह जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ०.८६, विकास बैंक २.१४, फाइनान्स ०.९६, होटल तथा पर्यटन १.३५, जलविद्युत् २.२३, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशत घटे ।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्ते झापा इनर्जीको ७ .९९ प्रतिशत बढ्यो । आज मूल्य बढ्नेमा ऋणपत्र अगाडि रहे । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १२.५८ प्रतिशत घट्यो । माइखोला हाइड्रोपावरको ८.५९, नारायणी डेभलपमेन्ट बैंकको ८.५६ तथा साल्पा विकास बैंकको ८.०१ प्रतिशत मुल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र एनआईसी एसिया बैंक छन्।

Post navigation

Previous: एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
Next: झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.