Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सुस्तायो सेयर बजार, आज कति भयो कारोबार ? 

Kamal Tamang May 7, 2026 1 minute read
1
Share On:

 काठमाडौं । बिहीबार सेयर बजार ६.९४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । केही दिनयता बजारको उतारचढाव न्यून भएको छ ।

अघिल्लो दिन बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो । कारोबार रकम ३ अर्ब मुनि खुम्चिएको छ । आज जम्मा २ अर्ब ९३ करोडको कारोबार भयो । यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो । सो दिन बजारमा सर्किट ब्रेकर लाग्दा कारोबार रकम न्यून हुन पुगेको थियो ।

कारोबार रकम केही दिनदेखि घट्दै आएको छ । अघिल्लो दिन ३ अर्ब १९ करोडको कारोबार भएको थियो । १५५ कम्पनीको मूल्य बढेको छ भने १०२ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो भने अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, अन्य ०.८३ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटे भने हाइड्रोपावर समूह स्थिर रह्यो । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढ्यो ।

फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशत घट्यो । त्यस्तै अपरलोहोरे खोला हाइड्रोपावरको ९.१२, मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावरको ३.८२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र ङादी ग्रुप छन् ।

Post navigation

Previous: आफूविरुद्ध भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहार गरियो : जगदिश खरेल
Next: श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउँदै सुदन किराती 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.