Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अगष्टमा एनआरएनए १७ औँ युरोप क्षेत्रीय सम्मेलन, आर्थिक वृद्धिका लागि एक्सन रोडम्याप निर्माण गरिने

Kamal Tamang May 11, 2026
1
Share On:


काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्यान्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले जानकारी दिए ।

आइतबार सम्मेलनबारे प्रारम्भिक जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेष गरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताए ।

ड्युअल सिटिजनशिप दोहोरो नागरिकता, नागरिकताको अधिकार, एनआरएन हेडको विषय र गोर्खा भेटरन्सको अधिकारका बारेमा पैरवी गरिनेछ। साथै, डायस्पोराको राजनीतिक र नागरिक सहभागिताका विषयमा पनि बहस हुनेछ।

डायस्पोरामा रहेको पुँजीलाई कसरी नेपालको जलविद्युत, पर्यटन, कृषि र प्रविधि क्षेत्रमा परिचालन गर्ने भन्ने विषयमा स्पेसिफिक छलफल हुनेछ। विशेष गरी अध्यक्षको १० अर्बको फ्ल्यागसिप कार्यक्रमसँग जोडेर लगानीका क्षेत्र पहिचान गरिनेछ । तत्कालीन लाभभन्दा पनि दीर्घकालीन आर्थिक वृद्धिलाई कसरी सस्टेन गर्ने भन्नेमा केन्द्रित रहेर २०३० एक्सन रोडम्याप निर्माण गरिनेछ।

सम्मेलनले संस्थाभित्रको आन्तरिक लोकतन्त्र र संरचनात्मक सुधारलाई पनि महत्त्व दिएको छ। अदालतको फैसला र पछिल्लो परिस्थितिपछि एनआरएनए अहिले इन्स्टिट्युसनल रिफर्मु र स्ट्रेटेजिक रिस्ट्रक्चरिङको प्रक्रियामा रहेको छ। यस पटक डेलिगेट्स प्रणाली र भोटिङ सिस्टममा आमूल परिवर्तन गरी सबै पञ्जीकृत सदस्यहरूले मतदान गर्न पाउने विधान कार्यान्वयनको दिशामा छलफल हुनेछ।

युरोपको सन्दर्भमा सेफ माइग्रेसन अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै यस विषयमा छुट्टै कार्यदिशा तय गरिनेछ। साथै, दोस्रो पुस्ताका युवाहरू र महिलाहरूलाई संस्थाको मूलधारमा कसरी ल्याउने र उनीहरूलाई कसरी सशक्त बनाउने भन्ने विषय सम्मेलनको कोर अब्जेक्टिभमा रहेको छ।

सम्मेलनलाई सफल पार्नका लागि एनआरएनए आइसिसी अध्यक्ष डा।हेमराज शर्माले सबैको साथले यस्ता इभेन्टहरू सफल हुने विश्वास व्यक्त गरे । त्यसमा आइसिसीको सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी महासचिव डा चिरञ्जीवी खड्काले सबै कुराहरू पारदर्शी तरिकाले सम्मेलन सफल हुने विश्वास व्यक्त गरे । भर्चुअल पत्रकार सम्मेलनको सहजीकरण युरोप महिला संयोजक बाबा राजेश्वरी थापाले गरेकी थिइन् ।

Post navigation

Previous: सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
Next: टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.