Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची

Kamal Tamang May 14, 2026 1 minute read
1
Share On:


 काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नीति तथा कार्यक्रममाथि जवाफ दिन संसद जाने टुंगो अहिलेसम्म लागेको छैन। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले अहिलेसम्म प्रधानमन्त्री जवाफ दिन संसद जाने निश्चित नभएको बताइन्।‘प्रधानमन्त्री जवाफ दिने जाने कार्यक्रम अहिलेसम्म छैन,’ दाहालले सेतोपाटीसँग भनिन्। 

बुधवार प्रतिनिधसभामा छलफलका लागि नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तोकेका थिए। संसद बैठक सुरू भएपछि पहिला सबै दलले प्रधानमन्त्री बालेन नै पेस गर्न आउनुपर्ने भन्दै विरोध गरेका थिए। तर संसद नियमावलीले नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री वा उनले तोकेको कोही मन्त्री आउनुपर्ने प्रावधान रहेको भन्दै अर्थमन्त्रीलाई संसदमा पेस गर्न दिइएको थियो। श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री नै पेस गर्न आउनुपर्ने भन्दै संसद बहिष्कार गर्‍यो। 

विपक्षी दलहरूले टेबल गर्न दिए पनि छलफल सुनेर जवाफ दिन प्रधानमन्त्री आउनुपर्ने शर्त राखेर संसद अवरोध गरेका थिए। त्यसपछि संसद बैठक आज बस्ने गरि स्थगित भयो। सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्री नआएका कारण बजेट समेत प्रभावित हुने देखिएको छ। 

संविधान अनुसार सरकारले जेठ १५ मा बजेट ल्याउनुपर्छ। बजेट भाषणको १५ दिन अघि संसदमा सरकारले प्रिबजेट पेश गरेर छलफल सुरू गर्ने व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम पास भएपछि प्रिबजेट पेश गरेर छलफल गर्ने नियम छ। त्यसका लागि आजभोलिमा नीति तथा कार्यक्रम पास भएर प्रि–बजेट आउनुपर्छ। तर प्रधानमन्त्री छलफल र जवाफ दिन नआएका कारण विपक्षी दलहरूले संसद बैठक अवरोध गरेपछि नीति तथा कार्यक्रमको छलफल नै अवरूद्ध भएको छ।

Post navigation

Previous: नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
Next: ट्रम्पले भनेः तपाईं एकदम राम्रो नेता हो, यसो भन्दा मलाई कतिपयले गाली गर्छन्

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.