Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

Kamal Tamang May 14, 2026
1
Share On:


 काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने संस्था भएको उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुली नभएको खण्डमा बैंकलाई विशेष अधिकार दिएको र सो कार्य गर्नु सीइओको मुख्य दायित्व भएको संगठनहरूको तर्क छ ।

‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउन सक्ने र वित्तीय स्थायित्वमा नै आँच आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैंकिङ क्षेत्रका संगठनहरूले ‘पहिले सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात गर्न आग्रह गर्दै पाण्डेलाई यथाशिघ्र थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग अपिल गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका लागि थुनामै राख्नु नपर्ने उनीहरूको माग छ ।

Post navigation

Previous: नीति तथा कार्यक्रममाथि छलफल चल्दा संसदमा खाली कुर्सी
Next: हर्क साम्पाङले भने– ‘प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिन्छ’ 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.