Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

Kamal Tamang May 14, 2026
1
Share On:


 काठमाडौं । भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।

गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको उक्त महावाणिज्यदूतावासले जनाएको छ । साथै नेपालको व्यापार तथा पारवहन संरचना, लगानीका सम्भावना तथा नेपाल–भारत आर्थिक सहकार्य सुदृढ गर्न भएका प्रयासबारे पनि विमर्श भएको थियो ।

कार्यक्रममा श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका अध्यक्ष राजेन्द्र रमनसहित वरिष्ठ अधिकारी, कोलकाता भन्सार कार्यालयका प्रतिनिधि, जल यातायात तथा ढुवानी सेवा प्रदायक, कोलकाता कस्टम्स हाउस एजेन्ट्स एसोसिएसन तथा नेपाल कस्टम्स हाउस एजेन्ट्स एसोसिएसनका प्रतिनिधि, आयातकर्ता, निर्यातकर्ता, लगानीकर्ता, नेपाली व्यवसायी, सञ्चारकर्मी तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।

त्यसैगरी, श्यामाप्रसाद मुखर्जी बन्दरगाह, कोलकाताका ट्राफिक प्रबन्धक रविशङ्कर राजहंसले बन्दरगाहमा उपलब्ध सुविधा, पूर्वाधार विकासका काम तथा नेपालतर्फ जाने मालसामानको ढुवानी सहज बनाउन अपनाइएका उपायबारे जानकारी दिएको थियो ।

कार्यक्रमका सहभागीहरूले व्यापार सहजीकरण, भन्सार समन्वय, ढुवानी व्यवस्थापन, सम्पर्क सञ्जाल विस्तार तथा लगानी प्रवद्र्धनका विषयमा सुझाव राखेका थिए । सहभागीले उठाएका जिज्ञासा तथा समस्याबारे महावाणिज्यदूत झक्कप्रसाद आचार्यले जवाफ दिएको थियो । उनले नेपाल–भारतबीच व्यापार सहजीकरण, सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक सहकार्य प्रवद्र्धनका लागि महावाणिज्यदूतावासले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Post navigation

Previous: ट्रम्पले भनेः तपाईं एकदम राम्रो नेता हो, यसो भन्दा मलाई कतिपयले गाली गर्छन्
Next: सार्वजनिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.