Skip to content
October 31, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमलेखगञ्ज सडकखण्डको अतिक्रमण हटाउने कार्य सुरु

Kamal Tamang May 15, 2026 1 minute read
1
Share On:


काठमाडौं । पूर्व–पश्चिम राजमार्गको अमलेखगञ्ज सडकखण्डमा अतिक्रमणमा परेको सडक, वन र निकुञ्जको जग्गा खाली गर्ने कार्य सुरु भएको छ।  शुक्रबार बिहान ७ बजेदेखि नै राजमार्गको ३ नम्बर पुल क्षेत्रमा रहेका ३५ वटा घरधुरी र लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको संरचना भत्काउन थालिएको हो। डिभिजन वन कार्यालय बाराको नेतृत्वमा सुरु भएको यस कार्यका लागि सो क्षेत्रमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन रक्षक तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरू परिचालन गरिएका छन्।

अतिक्रमण खाली गर्ने क्रममा स्थानीय र प्रशासनबिच सामान्य झडपको अवस्था सिर्जना भएको थियो। यद्यपि, अहिले अवस्था सामान्य रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत वीरेन्द्र यादवले जानकारी दिएका छन्। राजमार्गको ३ नम्बर पुल छेउमा अतिक्रमण गरी बस्नेहरूमा अधिकांश मकवानपुरका स्थायी बासिन्दा रहेका थिए, जसले सो क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए।

डिभिजन सडक कार्यालयले सडक क्षेत्रको दायाँबायाँ २५र२५ मिटर खाली गराएपछि वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो स्वामित्वमा रहेको क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाएका हुन्। सुरक्षाकर्मी र कर्मचारीहरूको बाक्लो उपस्थितिमा सडक किनारका अवैध संरचनाहरू हटाउने काम जारी रहेको छ। 

Post navigation

Previous:  सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड
Next: महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.