Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो पर्ला प्रभाव  ?

Kamal Tamang May 17, 2026
1
Share On:


काठमाडौँ । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण सरोकारवालाहरुले गरेका छन् । नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो व्यवस्था सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार पछिल्लो निर्णयको उद्देश्य अत्यावश्यक नभएका आयातलाई नियन्त्रण गर्नु हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार फेरी नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको छ । दक्षिण एसियाली बजारमा सुन–चाँदीको आपूर्ति शृङ्खला भारतसँग गहिरो रूपमा जोडिएकाले नेपालको मूल्य, आपूर्ति र अवैध कारोबारमा समेत असर पर्न सक्ने सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेंद्र रत्न शाक्यका अनुसार भारतले हालै सुन आयातमा कर वृद्धि गरेपछि नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव देखिन सक्नेछ । उनले नेपाल र भारतबीचको स्थिर विनिमय दरका कारण दुई देशको बजारमा मूल्य असन्तुलन हुँदा कारोबार प्रवाह प्रभावित हुन सक्ने बताए ।

उनका अनुसार भारतमा सुन आयात कर करिब १० प्रतिशतबाट १५ प्रतिशतसम्म बढाइएपछि त्यहाँको बजारमा सुन महँगो हुने र त्यसको प्रभाव नेपालतर्फ पनि पर्ने सम्भावना छ । ‘उता महँगो हुँदा यहाँ तुलनात्मक रूपमा फरक मूल्य स्थिति बन्न सक्छ, जसले व्यापार प्रवाहमा असर गर्छ र नेपालबाट भारतमा तस्करी बढ्न सक्ने सम्भावना उच्च छ,’ उनले भने ।

शाक्यले नेपालले पनि आगामी बजेटमार्फत आयात कर समायोजन गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार भारतसँगको कर संरचना धेरै फरक हुँदा अवैध कारोबार, मूल्य असन्तुलन र बजार दबाब बढ्न सक्ने जोखिम हुन्छ । उनले भने, ‘समायोजन नगरे सरकार र उपभोक्ता दुवैलाई असर पर्छ, व्यापार सन्तुलन बिग्रिन सक्छ ।’

व्यवसायीहरूको प्रारम्भिक अनुमान अनुसार सुनमा नेपालले हाल लागू गरेको कर संरचना भारतसँगको तुलनामा फरक रहेको र भारतले कर बढाएपछि नेपालले पनि १५ प्रतिशत आसपास समायोजन गर्न सक्ने चर्चा सुरु भएको छ । यद्यपि यो विषय हाल छलफलको चरणमै रहेको व्यवसायीहरूले बताएका छन् ।

चाँदी र हिरा आयातमा भने हाल ठूलो नीतिगत परिवर्तन नभएको व्यवसायीहरूको भनाइ छ । चाँदीको कर संरचना भारतसँग तुलनात्मक रूपमा मिल्दोजुल्दो रहेको र ठूलो परिवर्तन नभएको पनि उनीहरूको मूल्यांकन छ । व्यवसायीहरूले सरकारलाई नीतिगत स्थिरता र क्षेत्रीय बजार सन्तुलनलाई ध्यानमा राखेर आगामी बजेटमार्फत स्पष्ट कर नीति ल्याउन सुझाव दिएका छन् ।

Post navigation

Previous: फेरि तोडे कामी रीता शेर्पाले आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
Next: बुटवलमा विभिन्न स्थानबाट आएका  सुकुमबासीहरूले प्रदर्शन

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.