Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन चलाएर पक्राउ गरियो 

Kamal Tamang May 17, 2026 1 minute read
1
Share On:


काठमाडौँ । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रूपैयाँ माग्ने म्यानपावरका कर्मचारी पक्राउ परेका छन्। काठमाडौंको कोटेश्वरस्थित ग्राण्ड स्विट जब नाम गरेको म्यानपावरका एक कर्मचारीलाई शनिबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयकै सक्रियतामा प्रहरी सहितको टोलीले स्टिङ अपरेसनु चलाएर पक्राउ गरेको हो।

मलेसिया जान लागेका अजयकुमार मन्त्री यादवकै निर्वाचन क्षेत्रका मतदाता हुन्।मन्त्री यादवका स्वकीय उपससचिव सरोज यादवका अनुसार सरकारको ‘फ्रि भिसा फ्रि टिकट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा अजयकुमारले ७० हजार रूपैयाँ पहिल्यै तिरिसकेको थिए।

तर म्यानपावरले उनीसँग ३ लाख लागत लाग्ने भए पनि १० हजार छुट गरिदिएको भनेर बाँकी पैसा मागेको थियो। अजयकुमार को फ्लाइट गत वैशाख २९ गते हुने तय थियो।तर म्यानपावरले ३ लाख नतिरी उड्न नपाउने भनेपछि उनी तय भएकै मितिमा मलेसिया जान नपाएको बताइएको छ।

म्यानपावर कम्पनीले बाँकी २ लाख २० हजार रूपैयाँ तिरे जेठ ३ गते उडाइदिने बताएको थियो। त्यसपछि उनी पैसाको जोहो गरी नाइट बस चढेर शनिबार बिहान काठमाडौं ओर्लिएको मन्त्रीको सचिवालयको भनाइ छ।

म्यानपावर कम्पनीको एक जना कर्मचारीले शनिबारै बिहान अजयलाई फोन गरेका थिए। पासपोर्ट र अरू कागजात आफूसँग भएको बताउँदै ती कर्मचारीलाई तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि भेट्न बोलाएका थिए।

त्यतिबेलासम्म अजयले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयलाई आफूले भोगेका समस्या सुनाइसकेका थिए।  अजयको समस्या समाधान गर्न मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफै खटिएको मन्त्रीको सचिवालयको दाबी छ।

उनी केही सञ्चारकर्मीका साथ तीनकुनेस्थित प्रहरी वृत्त पुगेका थिए। त्यहाँ प्रहरी अधिकारीहरूका साथ सो टोली अजय र म्यानपावरका ती कर्मचारी भेट्दै गरेको ठाउँसम्म पुग्यो। म्यानपावरमा भिसा शाखामा काम गर्ने बताउने ती कर्मचारीले सुरूमा अजयसँग पैसा मागेका थिए।

अजयले पासपोर्ट र कागजात दिएपछि मात्र पैसा दिन्छु भनेपछि केहीबेर भनाभन भएको थियो। त्यसलगत्तै प्रहरीले म्यानपावरका ती कर्मचारीलाई नियन्त्रणमा लियो।फ्रि भिसा फ्रि टिकट नीतिअनुसार १० हजारमा हुने काममा ३ लाख मागेको स्वीकारेपछि ती कर्मचारीलाई तीनकुने प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याइएको मन्त्रीको सचिवालयले जनाएको छ।

ग्रान्ड स्विट जबका ती कर्मचारीको साथबाट ४ वटा पासपोर्टसहित फ्लाइट टिकट र अन्य महत्त्वपूर्ण कागजात भेटिएको थियो। उनले चारै जनासँग रकम लिएर कागजात दिने मनसाय बनाएको पाइएको सचिवालयले बताएको छ।

Post navigation

Previous: ३ लाख नदिएसम्म उड्न दिन्न भनेपछि म्यानपावरमाथि स्टिङ अपरेसन चलाएर पक्राउ गरियो 
Next: कङ्गोमा पुनः इबोला प्रकोप फैलियो, ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.