Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

Kamal Tamang May 19, 2026
1
Share On:

काठमाडौँ । नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।

‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्,’ उनले भनिन्, ‘बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ । उनीहरू त्यहाँ बन्दीजस्तै गरी बसेका छन्।’

उनले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीहरूले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत पाउन नसकेको उल्लेख गरिन् । घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उनले भनिन्, ‘मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन् । उनको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु।’

सांसद बिकले काठमाडौँबाट सुकुम्बासी हटाउने सरकारको शैलीप्रति लक्षित गर्दै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिन्। उनले भनिन्, ‘यो सरकारले काठमाडौँबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ । सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ।’उनले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन र आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गरिन् ।

Post navigation

Previous: पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह
Next: मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.