Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हुम्लाको नेप्कामा बाढीले बगायो घरगोठ र विद्यालय

Kamal Tamang May 20, 2026
1
Share On:


काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा बाढीले विद्यालय र घरगोठसमेत बगाएको छ।मंगलरबार भीषण असिनापानी पर्दा गाउँको माथिल्लो भेगबाट लेदोसहितको भेलबाढी आएको वडाध्यक्ष हर्कधन तामाङले जानकारी दिए।

भेलबाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ।‘म त काम विशेषले अहिले गाउँपालिकाको केन्द्रमा छु। यहाँबाट गाउँ पुग्न एक दिन लाग्छ, हिजो राति फोन आएको थियो। गाउँमा त बाढी पो आयो,‌’ वडाध्यक्ष तामाङले सेतोपाटीसँग भने, ‘गाउँका मानिसहरूका अनुसार हिजो राति ठूलो असिना पानी आएको थियो। त्यसैले बाढी पो ल्याएछ१’

उनका अनुसार अहिलेसम्म दुई–तीनवटा घरगोठ पुरिएको स्थानीयले बताएका छन्। केही भेडाबाख्रा पहिरोमा पुरिएका छन्।‘मानवीय क्षति चाहिँ अहिलेसम्म भएको जानकारी छैन। भेडाबाख्रा पुरिएका छन्,’ उनले भने।

गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले क्षतिको जानकारी पाउनासाथ बिहान ४ बजे सुरक्षाकर्मी पहिरोस्थलतर्फ गएको जानकारी दिए। उनका अनुसार सुरक्षाकर्मी पुग्न झण्डै एक दिन लाग्छ।

‘सुरक्षाकर्मी नपुगी यकिन भन्न सकिँदैन। बाढी, पहिरो जाने ठाउँ होइन। खोला पनि छैन। तर जमिन अत्यन्त भिरालो छ। नांगो पाखामा ठूलो पानी पर्नासाथ बाढी, पहिरो आउनु स्वाभाविकै भयो,’ उनले भने।वडाध्यक्ष हर्कधन तामाङले मध्याह्नसम्ममा सुरक्षाकर्मी पुग्ने बताए।‘सुरक्षाकर्मी नआउञ्जेल त्यहाँ केही पनि नगर्नू। सुरक्षित बस्नु भनेको छु। अहिले पानी परेको त छैन। तर जोखिम कायमै छ भन्ने सुनेको छु,’ उनले भने।

Post navigation

Previous: भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल
Next: प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.